शुक्रबार, चैत्र २७, २०८२

कालीकोटमा ५९५ कर्मचारी खटिए


कान्तिपथ


भोलि हुने स्थानीय तहका निर्वाचनका लागि कालीकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन् ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा ५९५ कर्मचारी खटिएकामध्ये ११९ मतदान अधिकृत, ११९ सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताउनुभयो ।
जिल्लामा ४१ हजार ९४४ पुरुष र ३८ हजार ४७२ महिला गरि कूल ८० हजार ४१६ मतदाता रहेका छन् । त्यसका लागि ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्री मतदान केन्द्र तथा मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत