शुक्रबार, चैत्र २७, २०८२

दोलखाको वैत्यश्वरमा तनाव, प्रहरीद्वारा हवाई फायर, मतदान रोकियो


कान्तिपथ


कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नं. १, २ र ३ मा मतदान स्थगित भएको छ । दोलखाको वैत्यश्वरमा कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धनमा चुनाव लड़िदैछ ।

निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि झडपको अवस्था शुरु भएकोले मतदान स्थगित गरिएको हो । स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । उता वडा २ मा भने दुइ पक्ष बीचको झडपले गर्दा मतदान नै सुरु हुन सकेन । अहिले त्यहाँ थप सुरक्षाकर्मी झिकाइएको र समस्या समाधानका लागि दुइ पक्ष बीच छलफलको प्रयास भइरहेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत