शुक्रबार, चैत्र २७, २०८२

चेल्सीलाई हराउँदै लिभरपुलद्वारा एफए कपकाे उपाधि कब्जा


कान्तिपथ


चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ ।

कोन्स्टान्टिनोस सिमिकासले अन्तिम पेनाल्टीमा गोल गरेपछि लिभरपुलको उपाधि जित्नुका साथै एकै सिजनमा सबै चार उपाधि जित्ने सम्भावनालाई पनि कायमै राखेको छ ।

शनिबार राति वेम्बलीमा भएकाे निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलकाे निर्णय पेनाल्टी सुटआउटबाट भएकाे हाे ।

लिभरपुलले यसअघि फेब्रुअरीमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरी लिग कप जितिसकेको छ । अब लिभरपुलले रिएल मड्रिडसँग २९ मे मा च्याम्पियन्स लिगको फाइनल खेल्नेछ । त्यस्तै प्रिमियर लिगमा भने लिभरपुल दुई खेल बाँकी छँदा म्यानचेस्टर सिटीभन्दा ३ अंकले पछाडि रहेको छ ।

लिभरपुलले २००१ यता पहिलोपटक एकै सिजनमा लिग कप र एफए कप जितेको हो । लिभरपुलले एफए कप आठौंपटक जितेको हो । लिभरपुलले भन्दा बढि आर्सनलले १४ र म्यानचेस्टर युनाइटेडले १२ पटक एफए कप उपाधि जितेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत