शुक्रबार, चैत्र २७, २०८२

भनिएको समयमा मतगणना सम्पन्न नहुने निर्वाचन आयोगको निष्कर्ष


कान्तिपथ


निर्वाचन आयोगले पूर्वनिर्धारित योजनाअनुसार मतगणना कार्य सम्पन्न नहुने देखिएको निष्कर्ष निकालेको छ । आयोगले सबै स्थानीय तहको मतगणना जेठ ५ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएपछि यो अनुसार गणना सम्पन्न नहुने निष्कर्ष निकालेको हो।

सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाएर मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने कार्य भएको भन्दै मतगणनामा ढिलाइ भएको आयोगको भनाइ छ ।

‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्य जारी रहेको अवस्थामा मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाई गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले छिटो गणना सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न गराउन सबै सरोकारवालासँग सबैसँग आग्रह गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत