एसी मिलान आइतबार इटालीको सिरी ए उपाधि जित्ने नजिक पुगेको छ । लिगका अन्तिम दिनमा प्रवेश गर्दा उसलाई शीर्ष स्थानमा दुई अंकको अग्रता हुनेछ । मिलानले आइतबारको खेलमा एटलान्टालाई २–० ले हरायो ।
यो जितपछि मिलान ११ वर्षयता पहिलो पल्ट घरेलु लिग उपाधिको नजिक पुगेको हो । सानसिरोमा भएको खेलमा उसको जितमा राफेल लियो र थियो हर्नान्डेजले गोल गरेका थिए ।
आइतबारकै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले कागलिरीलाई ३–१ ले हराउंदै आफ्नो लिग उपाधिको सम्भावना कायम राखेको छ । अन्तिम दिन मिलानले ससुलो र इन्टरले साम्पडोरियाको सामना गर्नेछ ।
मिलानलाई छिमेकी इन्टरमाथि हेड टु हेड अग्रता प्राप्त छ । मिलान अन्तिम दिन पराजित रहे मात्र इन्टरको लिग जित्ने सम्भावना तयार हुनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ