आर्सनल इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडसँग २–० ले पराजित भएको छ । यो पराजयसँगै आर्सनलको युरोपेली च्याम्पियन्स लिग खेल्ने सपना लगातार छैटौं वर्ष पनि टुट्ने सम्भावना बढेको छ ।
यो नतिजापछि आर्सनलको उत्तरी लन्डन प्रतिद्वन्द्वी टोटनहम दुई अंकको दूरीमा चौथो स्थानमा रह्यो । टोटनहमले अन्तिम दिनको खेलमा रेलिगेसनमा परिसकेको पुछारको क्लब नरविचको सामना गर्नेछ । उक्त खेलमा बराबरीको नतिजा निकाले उसले चौथो स्थान हात पार्ने निश्चितप्रायः छ ।
टोटनहमलाई आर्सनलमाथि गोल अन्तरको पनि फाइदा हुनेछ । आर्सनलको यो हारले अंक तालिकामा चेल्सी तेस्रो स्थानमा रहने पनि निश्चित भएको छ ।
आर्सनलको हारमा बेन ह्वाइटले पहिले आत्मघाती गोल गरे भने त्यसपछि ब्रुनो गुमारेसले दोस्रो गोल थपे । न्युकासलको यो जित र त्यसका लागि उसले गरेको उत्कृष्ट प्रदर्शनका कारण अर्को सिजन एडी होको टिमले शीर्ष चारका लागि चुनौती दिने गर्ने संकेत दिएको छ । सन् २०२२ यता म्यानचेस्टर सिटी र लिभरपुललाई छाडेर न्युकासलको सबैभन्दा राम्रो प्रदर्शन रहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ