शुक्रबार, चैत्र २७, २०८२

एन्फा अध्यक्षमा राजीव पौडेलद्वारा उम्मेदवारी घोषणा


कान्तिपथ


असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पौडेलले अखिल नेपाल फुटबल संघलाई विधान र नियमसंगत तरिकाले चल्न नसकेको भन्दै पौडेलले उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।

यस अघि सोमबारै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्यानलसहित उम्मेदवारी दिएका छन् भने वर्तमान अध्यक्षसँग असन्तुष्ट रहेको पंकज विक्रम नेम्वाङले शुक्रबार अध्यक्ष पदकै लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

असार ६ गते हुने निर्वाचनका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले अध्यक्ष र वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौ क्लबसँग मताधिकार रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत