शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन पौडेलको नेतृत्वमा अध्ययन समिति गठन

पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन पौडेलको नेतृत्वमा अध्ययन समिति गठन


कान्तिपथ


सरकारले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलको नेतृत्वमा अध्ययन समिति बनाउने निर्णय गरेको हो ।

समितिले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रको प्रवेश गराउने विषयमा अध्ययन गर्नेछ । अहिले देखिएको पेट्रोलियम समस्या समाधानका विषयमा पनि अध्ययन गर्ने मन्त्रालय स्रोतले जनाएको छ । समितिमा नेपाल आयल निगमका कार्यकारी निर्देशक पनि रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत