शुक्रबार, चैत्र २७, २०८२

बास्केटबल प्रतियोगिता शुक्रबारदेखि


कान्तिपथ



पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबर्ड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् ।

प्रतियोगिताको विजेताले रु १५ हजार तथा उपविजेताले रु आठ हजार पुरस्कार पाउने छन् । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल बानेश्वरस्थित पाठशालाकै कोर्टमा खेलाइने आयोजकले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत