रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१/२२ को उपाधि जितेको छ ।
फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो ।
स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे ।
खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गरे ।
त्यसबाहेक खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड रह्यो ।
रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले रियलका लागि एक र एसी मिलानका लागि दुई पल्ट च्याम्पियन्स लिग जितेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ