शुक्रबार, चैत्र २७, २०८२

न्यायपालिका सुधारोन्मुख : कामुप्रधानन्यायाधीश


कान्तिपथ



सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका सुधारोन्मुख भएको बताउनुभएको छ । नेपाल बार काउन्सिलले आज यहाँ आयोजना गरेको तालिम समापन कार्यक्रममा उहाँले न्यायपालिकाका विभिन्न अवरोध, विभिन्न प्रवृत्ति, बिसङ्गति र विकृतिहरू व्यहोरेको र भोगेकाले कानुन व्यवसायी र न्यायाधीशको क्षेत्रबाट अब न्यायपालिका सुधारोन्मुख गर्नुपर्दछ भनेर प्रतिबद्धता जनाएको बताउनुभयो ।

उहाँले न्यायपालिकालाई पहिलेको स्थितिभन्दा फरक ढङ्गबाट समृद्धरूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले आफूले नेतृत्व लिदा मुद्दाको फछ्र्योट आठ प्रतिशत रहेकामा अहिले प्रत्येक महिना फछ्र्योट दर बढाएर १५ प्रतिशत पु¥याएको बताउनुभयो । “पुराना मुद्दाको फैसलाको फछ्र्योट दर हामीले बढाएका छौँ”, उहाँले भन्नुभयो, “उच्च अदालत र जिल्ला अदालतभन्दा पनि सर्वोच्च अदालतप्रति धेरै गुनासो रहेका छन् । सर्वोच्चमा पुराना मुद्दा धेरै छन् ।

गोलाप्रथाले समस्या आएको भन्ने गुनासो आफूले सुनेको भन्दै गोलाको विकल्पमा तत्कालमा जान नसकिने उहाँको भनाइ छ । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने उल्लेख गरिएको भन्दै अटोमेशनमा नजाँदासम्म गोलाप्रथा कायम रहने बताउनुभयो । उहाँले अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको समेत जानकारी गराउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत