बिहिबार, चैत्र २६, २०८२

म्याग्दीमा फौजी कीराको समस्या


कान्तिपथ


म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पु¥याउन थालेको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा त्यस्ता कीराले दुःख दिन थालेको हो ।

हुर्किसकेका, घोवा हाल्न लागेका र भर्खर उम्रिएर हरिया भएका मकैका बोटलाई कीराले सखाप अवस्थामा पु¥याएको किसानको बताएका छन् । भर्खर हरिया भएका बोटमा फौजी कीराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको मङ्गलाका किसान टेकबहादुर विकले गुनासो गर्नुभयो । उहाँका अनुसार विषादीले समेत कीराको आक्रमण रोकिन सकेको छैन ।

उहाँले भन्नुभयो “पछिल्लो दुई सातादेखि मकैबालीमा फौजी कीराको समस्या बढेछ । समस्या रोक्न विभिन्न उपाय अपनाए पनि कीरा नियन्त्रणमा आउन सकेको छैन । ”
बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायतका स्थानका किसानले लगाएका क्षेत्रका बालीमा कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी बेहोर्नुपरेको बताउनुभयो ।

कीरा प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकैबालीमा कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुकककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै कीराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।

प्रायः सुक्खा मौसममा देखिने सो कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि कीराको आक्रमण बढेको कृषि प्राविधिक बताउँछन् । कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्याउने कृषि प्राविधिकले जनाएका छन् ।

 


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत