शुक्रबार, चैत्र २७, २०८२

कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरले उठाउँदैन ; बालेन्द्र शाह


कान्तिपथ


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा सहयोग गर्न महानगरबासीलाई आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै मेयर शाहले अब कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याइदिन आग्रह गरेका हुन्। यो सबैका लागि निसन्देह खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौं, कोठाभित्र वा घरमा वा सडकमा जतासुकै फोहोरले यतिसम्म दु:ख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ,’उनले सन्देशमा लेखेमा छन्।

उनले यसरी नछुट्याइ राखिएको फोहोर महानगरपालिकाले संकलन नगर्ने र फर्काइदिने बताएका छन्। उनले फोहोर उठ्नु मात्रै समस्याको समाधान नभइ अझैं धेरै गर्न बाँकी रहेको बताएका छन्। ‘फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेरे हुँदैन ,’ उनले भनेका छन्।

मेयर शाहले फोहोर व्यवस्थापन नगरबासीको साथबिना नहुने भन्दै कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टयाएर राखिदिन आग्रह गरेका छन्। यसरी कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुने उनले भनाइ छ।

‘अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।’

फोहोर व्यवस्थापन चाँडो भए स्वच्छ र स्वस्थ काठमाडौंमा कसैले रोगी भएर बाँच्नु वा मर्नु नपर्ने उनको भनाइ छ। मेयर शाहले अब महानगरले पहिलेका कमजोरी वा गल्तिहरु नदोहोर्याउने बताएका छन्।फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्ने र महानगरबासीले छुट्याइसकेको फोहोरलाई महानगरले पुन: एकैठाउँमा मिसाउने गल्ति नगर्ने उनको भनाइ छ।

मेयर साहले फेसबुकमा लेखेका छन्, ‘तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत