शुक्रबार, चैत्र २७, २०८२

पाकिस्तान सरकारलाई पूर्वप्रम खानको चुनौती


कान्तिपथ


पूर्वप्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ(पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् ।

बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए ।

“उनीहरूले हामीलाई जसरी यातना दिए त्यो मार्शल लको युगमा पनि देखिएको थिएन,” अप्रिलमा प्रधानमन्त्रीको कार्यालयबाट हटाइएका खानले आन्दोलनलाई रोक्न र आफूलाई जेलमा हाल्न सरकारले खोजिरहेको बताउँदै उनले भने । आफूलाई जेलमा हाले पनि वा अन्य उपाय अपनाए पनि आन्दोलन नरोकिने दृढता पूर्वप्रधानमन्त्री खानले व्यक्त गरे ।

उनले आफूलाई जेलमा हाल्ने योजना बनाइएको बताए पनि चुनावको मिति घोषणा नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै आफूहरूमाथि सरकारले षड्यन्त्र गरेको आरोप लगाए । वर्तमान सरकारले देशको भविष्य अन्धकार पारेको पनि उनले बताए । यसैबीच, पाकिस्तान सरकारले तत्काल चुनाव गराउन अस्वीकार गर्दै आफ्नो कार्यकाल पूरा गर्ने बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत