शुक्रबार, चैत्र २७, २०८२

हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण


कान्तिपथ


केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ५० घरधुरीलाई सौर्य ऊर्जा ( सोलार)बाट विद्युत् पाएका छन् ।

डोल्पोबुद्ध गाउँपालिका–६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिनुभयो  । कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उहाँले बताउनुभयो ।

संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो । यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको स्थानीयवासी सेनाङ लामाले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत