शुक्रबार, चैत्र २७, २०८२

प्रदेशसभा सदस्य कादरीद्वारा कम्प्युटर सहयोग


कान्तिपथ



मधेस प्रदेशका प्रदेशसभा सदस्य पश्मिना कादरीले पर्साको वीरगञ्जस्थित नापी कार्यालयलाई आवश्यक कम्प्युटर र प्रिन्टर उपलब्ध गराउनुभएको छ ।

सो कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई थप प्रभावकारी बनाउन उहाँले व्यक्तिगत खर्चबाट करिब रु तीन लाख २० हजार १२९ बराबरको चार थान कम्प्युटर र रु एक लाख ६९ हजार ५०० बराबरको दुई थान को प्रिन्टर उपलब्ध गराउनुभएको हो ।

उहाँ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुनुहुन्छ । नापी कार्यालयका प्रमुख नारायण कुमार श्रेष्ठले उपलब्ध सामग्रीबाट सेवा प्रवाहमा सहज हुने जानकारी दिनुभयो ।

कार्यालयको आवश्यक कागजातको कम्प्युटर प्रणालीमा अभिलेखीकरण नहुँदा सेवा प्रवाहमा ढिलाइ हुँदै आएको थियो । अब विस्तार सेवा प्रवाह सुधार आउने कार्यालयको जनाएको छ ।

विद्यालय भवन निर्माण सुरु

जिल्लाको बिन्दवासिनी गाउँपालिका–२ स्थित राधाकृष्ण माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण सुरुआत भएको छ । उक्त भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ३६ लाख सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिनुभयो । भौतिक संरचना कमजोर भएका विद्यालयका भवन निर्माणमा सहयोग गर्दै जाने गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत