शुक्रबार, चैत्र २७, २०८२

व्यासमा २५ शय्याको कोभिड अस्पताल बन्ने


कान्तिपथ



तनहुँको व्यास नगरपालिका १० स्थित दुम्सीचौरमा २५ शय्याको कोभिड अस्पताल निर्माण कार्य सुरु गरिएको छ । नगरपालिकाको रु एक करोड ५४ लाख लागतमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । बोलपत्रपश्चात् आधारभूत स्वास्थ्य केन्द्र भवन नजिकै रहेको करिब दुई रोपनी सार्वजनिक जग्गामा अस्पताल निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

विसं २०७८ माघ १० गते सम्झौता गरे पनि निर्माण कार्य भर्खरै सुरु गरिएको हो । उक्त निर्माण कम्पनीले उक्त अस्पताल आठ महिनामा सक्ने गरी सम्झौता गरिए पनि निर्माण व्यवसायीको लापर्बाहीका कारण ढिलाइ हुन गएको व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । काम नगरी आलटाल गर्दै आएकाले कालोसूचीमा राख्ने बताएपछि बल्ल काम सुरु गरेको उहाँले बताउनुभयो ।

दमौली अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाइएकाले उक्त अस्पताललाई नगरस्तरीय अस्पतालको रुपमा निर्माण गर्न लागिएको व्यासनगर कोभिड अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । भवनको पिल्लर उठाएर नयाँ प्रविधिको फाउण्डेशसन फाइवर जिव्सनको छाना राखेर बनाइने उहाँले बताउनुभयो । कोभिड अस्पताल निर्माणपछि कोभिडका बिरामीलाई राखेर उपचार गर्न सहज हुने विश्वास गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत