नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अहिलेको अवस्था आउनुमा आफ्नो पनि कमजोरी रहेको स्वीकारेका छन्।
राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलका क्रममा ओलीले ठूलो पार्टीको अध्यक्षको हैसियतले आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेका हुन्।
उनले गठबन्धनका दलहरूका कारण पनि यस्तो समस्या आएको बताए। पार्टी फुटाएर जानेहरुलाई आफूले सम्झाउन नसकेको पनि बताए। ‘उनीहरुलाई सम्झाउन सकिएन, भ्रम तोड्न सकिएन, उनीहरुलाई गठबन्धन गलत तरिकाबाट बनाउनबाट रोक्न सकेनौं’ उनले भने।
उनले अहिलेको सरकार इतिहासमै नभएको परमादेशी सरकार भको दोहोर्याए। एमाले अध्यक्ष ओलीले महंगीको मारले जनताको ढाड भाँचेको भन्दै त्यस्ता कामबाट जनतामा वितृष्णा बढेको टिप्पणी गरे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ