शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • बर्खास्तीमा पर्नेको रिट खारेज: बर्तौलासहितलाई राखेपमा काम गर्ने बाटो खुल्ला !

बर्खास्तीमा पर्नेको रिट खारेज: बर्तौलासहितलाई राखेपमा काम गर्ने बाटो खुल्ला !


कान्तिपथ


बर्खास्तीविरुद्ध राखेपका पाँचजना बोर्ड सदस्यले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ । यो सँगै अदालतमा पुगेको राखेप बोर्ड सदस्य विवाद तत्कालका लागि समाधान भएको छ ।

उच्चअदालतका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राखेप बोर्डमा पुनर्बाहालीको मागसहित दायर गरेको रिट बुधबार खारेज गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले गत मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको थियो । तीमध्ये रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले मंसिर ८ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

मन्त्रालयले मोहम्मद फाजिल, पेमा डोल्मा लामा, जनकप्रसाद बर्तौला, दीपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, विना श्रेष्ठ, अन्जन धमला र श्रीमान थापामगरलाई मंसिरमा गरेको नियुक्ति अब कार्यान्वयन हुने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत