शुक्रबार, चैत्र २७, २०८२

पहिलो चरणमा २१ जिल्ला न्यायाधिश नियुक्त हुँदै


कान्तिपथ


न्याय परिषदले २१ जना जिल्ला न्यायाधीशको नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। देशभरिका जिल्ला अदालतमा ५० जना न्यायाधीश रिक्त भए पनि पहिलो चरणमा २१ जना मात्रै नियुक्तिको प्रक्रिया अगाडि बढाइएको हो।

न्याय परिषदको असार २४ गते बसेको बैठकले २१ जना जिल्ला न्यायाधीश नयुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार न्याय परिषदको सचिवालयले असार २७ गते ७ दिने सूचना जारी गर्दै आवेदन माग गरेको थियो।केही जिल्ला न्यायाधीशमाथि छानविन भइरहेकाले रिक्त हुने न्यायाधीशको संख्या अझै बढ्ने सम्भावना छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत