पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा मोन्टपेलियरलाई ५-२ गोल अन्तरले हराउँदै पीएसजीले लगातार दोस्रो जित निकालेको हो।
पीएसजीको जितमा नेयमारले दुई गोल गरे । केलियन एमबाप्पे र रेनेटो सान्चेज एक एक गोल गरे । मोन्टपेलियरका वाहबी खाजरी र इन्जो एमबियायीले एक एक गोल फर्काए । मोन्टपेलियरका फलाए साकोले एक आत्मघाती गोल गरे ।
जितसँगै पीएसजीले २ खेलमा ६ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । मोन्टपेलियर २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ