नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आज सोमबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ। कांग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख/उप्रमुख, गाउँपालिकाका अध्यक्ष/ उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखका लागि अभिमुखीकरण गर्न लागेको हो।
सोमबार र मंगलबार ललितपुरको सानेपास्थित होटल हेरिटेज प्लाजामा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने जाजरकोटको छेडागाड नगरपालिकाका प्रमुख रत्न खड्काले बताए।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान ११ बजे प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नेछन्। उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनप्रतिनिलाई प्रशिक्षण दिन लागेको हो।
आउँदो मंसिरमा तय प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई समेत लक्षित गर्दै कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्न लागेको हो। कार्यक्रममा ७०० बढी जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ