बिहिबार, चैत्र २६, २०८२

फुटबल खेलाडी भरत खवास नेपाल आर्मीको सह-सेनानीमा बढुवा


कान्तिपथ


त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् । भरत दश वर्ष अघि नेपाली सेनामा प्रवेश गरेका थिए ।

भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा आइतबार सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

झण्डै डेढ दशक अघि राष्ट्रिय टोलीमा डेब्यू गरेका भरत बंगलादेशविरुद्ध अर्को महिना स्वदेशमा हुने मैत्रीपूर्ण खेलका लागि आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन् ।

भरतले आजको दिन आफ्नो लागि भाग्यशाली भएको बताए । ‘आजै बढुवा भए । आजै राष्ट्रिय टोलीमा पूनरामगनको मौका पाए । यो मेरो लागि भाग्यशाली दिन हो,’ उनले भने,‘ राष्ट्रिय टोलीको त क्याप्टेन भइसकेको थिए । सेनाको पनि भए । अब फुटबलमा आफूलाई फेरि एक पटक प्रमाणित गर्नुपर्नेछ । हाम्रो परिवारलाई आज साह्रै खुसी छ ।’

सहायक सेनानीबाट सेनामा प्रवेश गरेका भरत २०७२ सालमा उप सेनानीमा बढुवा भएका थिए । भरत त्रिभुवन आर्मी फुटबल क्लबको पनि कप्तान रहँदै आएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत