बुधबार, चैत्र २५, २०८२

राष्ट्रियसभाको मतदान सुरु: आजै मतपरिणाम आउने, गठबन्धनको जित निश्चित !


कान्तिपथ


सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् ।

नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि लड्छु भन्ने थियो ।’ सम्भावना नै नभएका मान्छे पनि चुनावी प्रतिस्पर्धामा उत्रिने गरेको बताउँदै उनी भन्छन्, ‘तर म त प्रबल दाबेदार हुँ थिएँ नि, नतिजा मेरै पक्षमा आउँछ भन्ने पनि लागेको थियो ।’

मतदाताले गठबन्धन नभई अनुभव, लगनशीलता र इमान्दारितालाई हेर्नु नै आफ्नो जीतको आधार भएको उनी बताउँछन् । ‘म विवादित मान्छे पनि थिइनँ, समकालीन साथीहरु पनि गाउँगाउँमा हुनु भएकाले जित्छु भन्ने विश्वास थियो’ शेर्पाले अनलाइनखबरसँग भने, ‘मैले विगतमा साबिक नाम्चे गाविसको अध्यक्ष र पार्टीका विभिन्न भूमिका रहेर पुर्‍याएको योगदानको कदर भएको छ ।’

को हुन् शेर्पा ?

सोलुखुम्बुको नाम्चे बजारका शेर्पा २०४६ सालबाटै नेकपा एमालेसँग जोडिएका व्यक्ति हुन् । शेर्पाले ‘नेपाल ल क्याम्पस, काठमाडौं’मा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्यका रुपमा विद्यार्थी राजनीतिमा प्रवेश गरेर एमालेसँग जोडिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत