सरकारले व्यवसायी अजय सुमार्गीको कम्पनी ‘हेलो नेपाल’को टेलिकम लाइसेन्स खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुगेको कम्पनीको लाइसेन्स सरकारले नै खारेज गरेको हो ।
कम्पनीले ५ वर्षयता दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने नवीकरण दस्तुर, रोयल्टी र फ्रिक्वेन्सीको रकम तिरेको छैन । जुन, रकम बढेर हाल १ अर्ब रुपैयाँभन्दा पनि धेरै पुगिसकेको प्राधिकरणको भनाइ छ । सुमार्गीले नेपाल स्याटलाइट कम्पनीमार्फत हेलो नेपालको लाइसेन्स लिएका थिए । जुन, मन्त्रीपरिषद्को बैठकले नै खारेज गरेको हो ।
कम्पनीले नेपालको आधारभूत दूरसञ्चार सेवा अन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिने लाइसेन्स लिएको छ । यसका लागि कम्पनीले २०६४ सालमा प्राधिकरणबाट जीएसएम ९००/१८०० स्पेक्ट्रम प्रयोग गर्न अनुमति पाएको थियो । जुन, अनुमति मन्त्रिपरिषद्को बैठकले खारेज गरिदिएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ