प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । कांग्रेसका तर्फबाट सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।
भेटमा ओलीले मुख्य चार विषय राखेका थिए । गठबन्धन, नागरिकता विधेयक, ‘टीआरसी’ र महँगीका विषय राखिएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए ।
ओलीले सत्ता गठबन्धनले आफूहरूप्रति निषेधको राजनीति गरिरहेको समेत बताएका थिए । प्रतिस्पर्धाको स्वच्छ मूल्य–मान्यतामा उभिएर अघि बढ्न उनले देउवालाई सुझाव दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ