निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्धमा भएका प्रमाण, कागजात वा जानकारी भए ३ दिनभित्र उपलब्ध गराउन महाभियोग सिफारिस समितिले सूचना निकालेको छ।
गोरखापत्रमा एक सूचना जारी गर्दै ३ दिनभित्र भएका प्रमाण समितिमा पुग्नेगरी पठाउन महाभियोग सिफारिस समितिले अनुरोध गरेकाे छ। जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ।
समिति गठन भएको करिब ६ महिनापछि सिंहदरबारमा बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो। महाभियोग सिफारिस समिति ११ सदस्यीय छ ।
गोरखापत्रमा जारी सूचनामा भनिएको छः

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ