नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ सुरू गरेको छ। विश्वविद्यालय सुधारको लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रूपान्तरणको लागि आन्दोलनहरूको स्वरूप बदल्ने उचित समय आएको अखिल क्रान्तिकारीको भनाइ छ।
उसले विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ। अखिल क्रान्तिकारीले संघर्ष अन्तर्गत भदौ १५ देखि २२ गतेसम्म २४ घण्टा विश्वविद्यालय खुला रहने अभियान सुरू गरेको छ।
उसले बिम्बात्मक रूपमा विश्वविद्यालय २४ घण्टा खुला राख्ने जनाएको छ। त्यस्तै, कक्षाकोठा खुला राख्दै पढाइ पुन:सञ्चालन गर्ने र सबै तहका कार्यकक्ष खुला राख्ने उसले जनाएको छ। बिम्बात्मक रूपमा बत्तीहरू खुला राख्ने र बिम्बात्मक रूपमा पानीको धारा खुला राख्ने अखिल क्रान्तिकारीले स्पष्ट पारेको छ।
बिम्बात्मक रूपमा विश्वविद्यालयको गेट खुला राख्ने भन्दै अखिल क्रान्तिकारीले विश्वविद्यालय सुधारको लागि राख्दै आएका माग पूरा नगरिए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य चेतावनी समेत दिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ