इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्डले दुई गोल गरे । यस्तै डेब्यु खेलाडी एन्टोनी सान्तोसले एक गोल गरे ।
आर्सनलका बुकायो साकाले एक गोल फर्काए । यस जितसँगै युनाईटेडले ६ खेलमा १२ अंक जोडेको छ । युनाईटेड पाँचौ स्थानमा रहेको छ ।
आर्सनल १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आर्सनलको यो सिजनको पहिलो हार हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ