शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • प्रमोदको सोधाई देशको झण्डा छातिमा बोकेको मान्छेलाई आतंकवादीजस्ताे व्यवहार किन ?

प्रमोदको सोधाई देशको झण्डा छातिमा बोकेको मान्छेलाई आतंकवादीजस्ताे व्यवहार किन ?


कान्तिपथ


चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको टिप्पणी गरेका छन् ।

गायक खरेलले ट्वीट गर्दै लामिछानेबिरुद्ध केही तत्वहरू हात धोएर लागेकोसमेत भन्न भ्याएका छन् । सन्दीप यतिबेला प्रहरीको फरार सूचीमा छन् । नाबालिग बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रण गर्न खोजिरहेका छन् । उनी क्यारेवियन लिग खेल्न वेष्ट इन्डिजमा रहेकै बेला प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन बन्न पुगेका हुन् ।

यसै समयमा चर्चित गायक खरेलले सन्दिपसँग सम्बन्धित गतिविधिहरुलाई लिएर उक्त टिप्पणी गरेका हुन् ।

‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए,’ उनले लेखका छन्, ‘देशको झण्डा छातिमा बोकेको मान्छे हो । हल्ला नगरि आवश्यक कानूनी प्रक्रियामा जाँदा के हुन्छ ?’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत