शुक्रबार, चैत्र २७, २०८२

डेङ्गुका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा


कान्तिपथ


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेङ्गु संक्रमित भएको शंका लागेमा कल गरेर महानगरपालिकाको सेवा लिन अनुरोध गरेका छन्।डेङ्गुका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

उनले सामाजिक सञ्जालमार्फत सूचना दिँदै ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन अनुरोध गरेका छन्।

‘डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने,’ मेयर शाहले भनेका छन्, ‘आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’

काठमाडौंमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत