काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले अनुमति बिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड तथा डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ।
उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन महानगरले निर्देशन दिएको छ।
नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने महानगरको चेतावनी छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ