शुक्रबार, चैत्र २७, २०८२

देउवाका तिर एमाले नहुने


कान्तिपथ


प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको क्षेत्र डडेलधुरामा एमालेले उम्मेदवारी नदिने भएको छ।

एमालेले कांग्रेसबाटै विद्रोह गरेर बीपी कांग्रेसमा पुगेका कर्ण मल्ललाई प्रतिनिधि सभामा सघाउने भएको छ। गएको स्थानीय तह निर्वाचनमा पनि डडेलधुरामा एमालेले मल्लको पार्टीसँग तालमेल गरेर चुनाव लडेको थियो।

प्रदेश सभामा भने पठानसिंह बोहोरा र गजेन्द्र शाही चुनाव लड्नेछन्। कञ्चनपुर- ३ ‘ख’ मा पनि एमालेले तालमेल गर्ने भनेर छाडेको छ। यसैगरी कैलाली- १ को ‘ख’ र कैलाली- ३ को ‘ख’ समेत तालमेलका लागि छाडेको छ।

एमालेले जसपा, राप्रपालगायतका दलसँग तालमेलका लागि छलफल गरिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत