शुक्रबार, चैत्र २७, २०८२

महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई ५/५ स्वर्ण


कान्तिपथ


काठमाडौं । पूर्वी नवलपरासीमा भएको कुस्ती खेलको महिलातर्फका सबै स्वर्ण पदक विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा विभागीय टिम आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँच पाँच स्वर्ण पदक जितेका छन् । 

आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।

कुस्ती महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहमा खेल भएका थिए । खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरि १० टोलीको सहभागिता रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत