काठमाडौं । त्रिभुवन आर्मी क्लबले मंगलबार नवौँ राष्ट्रिय खेलकुदमा महिला बास्केटलको फाइनलमा स्थान बनाएको छ ।
तनहुँको दमौलीमा जारी प्रतियोगितामा आर्मीले महिला ‘थ्री अन थ्री’ बास्केटबलमा गण्डकी प्रदेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
निर्धारित समय गण्डकी र आर्मीले समान ६ अंक जोडेका थिए । त्यसपछि थप गरिएको समयमा आर्मीले ८–६ को अग्रता लिँदै फाइनलमा स्थान बनाएको हो ।
आर्मीले लिग चरणमा दुवै खेल जितेर सेमिफाइनलको यात्रा तय गरेको थियो । गण्डकीले एक खेल जितेको थियो भने अर्को खेल हारेको थियो ।
आर्मीले अब उपाधिका लागि एपीएफ र वाग्मती प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ