शुक्रबार, चैत्र २७, २०८२

दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने


कान्तिपथ


दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को ११५ औं बैठकले कर्णाली प्रदेशको सुर्खेतमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको राखेपका उपाध्यक्ष शिव कोइराला ज्वालाले बताए।

दशौं संस्करणको खेल दुई वर्षपछि हुनेछ। राष्ट्रिय खेलकुदको बोर्ड बैठक २०८१ मा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने सर्वसममत निर्णय गरेको हो।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार (३ कात्तिक)मा हुँदैछ। समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिने बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत