शुक्रबार, चैत्र २७, २०८२

विश्वकपमा आज पाकिस्तान र भारत भिड्दै : कसले जित्ला ?


कान्तिपथ


अस्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपमा आइतबार चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिड्दैछन्। मेलबर्न क्रिकेट मैदानमा हुने खेल पाकिस्तान र भारत दुवैको सुपर–१२ मा पहिलो प्रतिस्पर्धा हो।

दुई महिना अघि यी दुई टोली एसिया कपमा दुईपटक आमने सामने भएका थिए। समुहगत चरणमा भारतले पाकिस्तानलाई हराएको थियो भने सुपर–४ मा भारतलाई पराजित गर्दै पाकिस्तान फाइनल पुगेको थियो।

भारतले सन् २००७ पछि र पाकिस्तानले सन् २००८ पछि टी–२० विश्वकपको उपाधि जित्न सकेका छैनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत