शुक्रबार, चैत्र २७, २०८२

कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो


कान्तिपथ


नोबेल कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा पनि भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नयाँ भेरियन्ट भेटिएको पुष्टि गरे। उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ। सार्स कोभ–२ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा म्युटेड भएको भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो। एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत