आईसीसी टि–२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण मानिएको खेलमा आइतबार पाकिस्तान र बंगलादेश भिड्दै छन्।
केहीबेरमा सुरु हुने खेलमा बगंलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेल दुवै टोलीका लागि गर वा मरको अवस्था छ।
आजको खेलमा जित हात पार्ने टोलीले अन्तिम ४ मा स्थान बनाउनेछ। समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ।
समूह बी को दोस्रो स्थानमा साउथ अफ्रिका भएपनि एक खेल कम खेलेका पाकिस्तान र बंगलादेशको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ। ४ खेलबाट ४ अंक बनाएको पाकिस्तान तेस्रो स्थानमा छ। भने बगंलादेशले समान खेलबाट ४ अंक भए पनि नेट रन रेटको आधारमा पाँचौ स्थानमा छ। आजको खेल जिते बगंलादेश पनि सेमिफाइनल पुग्नेछ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ