शुक्रबार, चैत्र २७, २०८२

टी २० विश्वकप : सेमिफाइनलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै


कान्तिपथ


आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनल खेलमा बुधबार पाकिस्तान र न्युजिलयाण्डबीच प्रतिस्पर्धा हुँदै छ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। समूह चरणको खेलमा भारत र जिम्बाबेसँग हारेसँगै कठिन बनेको पाकिस्तानको सेमिफाइनल यात्रा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि जितले तय गरिदिएको हो।

समूह एमा रहेको न्युजिल्याण्डले भने समूह चरणमा तीन खेलमा जित हात पारेको थियो भने एक खेल मात्र हारेको थियो। पाकिस्तान टी२० विश्वकपमा सबैभन्दा धेरैपटक सेमिफाइनलमा पुग्ने टोली हो। पाकिस्तान ६ पटक टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत