शुक्रबार, चैत्र २७, २०८२

पोग्बा र एनगोलो कान्टे फ्रान्सको विश्वकप टोलिमा परेनन्


कान्तिपथ


फ्रान्सले कतार फुटबल विश्वकप २०२२ खेल्ने टोली घोषणा गरेको छ। साबिक विजेतासमेत रहेको फ्रान्सले २५ सदस्यीय टोली घोषणा गरेको हो। फ्रान्सले घोषणा गरेको टोलीमा मिडफिल्डरद्वय पाउल पोग्बा र एनगोलो कान्टे चोटका कारण परेका छैनन्।

यद्यपि चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारान भने टोलीमा अटाएका छन्।

दुई साताअघि चेल्सीविरुद्ध खेलमा भरान घाइते भएका थिए। उनले पनि यो विश्वकप गुमाउन सक्ने अनुमान गरिएको थियो।

फ्रान्सका फरवार्ड एन्थोनी मार्सियल पनि अन्तिम टोलीमा अटाउन सकेनन्। डिफेन्डर विलियम सालिबा र इब्राहिमा कोनाटे भने अन्तिम टोलीमा अटेका छन्।

गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

फरवार्ड : करिम बेन्जेमा, किंग्सले कोमान, औस्मान डेम्बेले, ओलिभिर जिरुड, एन्टोइन ग्रिजमेन, केलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत