शुक्रबार, चैत्र २७, २०८२

विश्वकपका लागि मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टिम घोषणा


कान्तिपथ


कतारमा अर्को सातादेखि हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदारी टिम अर्जेन्टिनाले आफ्नो टिम घोषणा गरेको छ। अर्जेन्टिनाले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो।

लियोनल मेस्सीको कप्तानी तथा लियोनल स्केलोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना कोपा अमेरिका च्याम्पयन हो। त्यस्तै, अर्जेन्टिना सन् २०१९ देखि अहिलेसम्म अर्थात् तीन वर्षदेखि अपराजित छ।

सोही क्रममा उसले दोस्रो धेरै अपराजित कीर्तिमान यात्रा गरेको इटालीको ३३ खेलको अपराजित यात्राको कीर्तिमान तोड्दै ३५ खेलसम्म अपराजित छ। अब तीन खेलसम्म अपराजित रहे उसले इटालीको सर्वाधिक ३८ खेलको अपराजित यात्राको कीर्तिमान बराबरी गर्नेछ।

अर्जेन्टिनाका विश्वप्रशिद्ध फुटबल कप्तान लियोनल मेस्सीले अर्को महिना हुने कतार विश्वकप सन् २०२२ आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरिसकेका छन्। सात पटकका वालोन डीओर विजेता मेस्सी ३५ वर्ष पुगिसकेका छन्। सन् २००६ मा पहिलो पटक विश्वाकप खेलेका मेस्सीले चारवटा विश्वकप खेलिसकेका छन्।

अर्जेन्टिनाको टिम

गोलकिपर : एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी

डिफेन्डर : नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ

मिडफिल्डर : रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस

अट्याकिङ : एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लिओनल मेसी, पाउलो डिबला



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत