शुक्रबार, चैत्र २७, २०८२

प्रिमियर लिगमा चेल्सी र सिटी हारे


कान्तिपथ


इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति हार बेहोरेका छन्। सिटीकै इतिहाद रंगशालामा सम्पन्न भएको खेलमा पाहुना टिम ब्रेन्टफर्डले घरेलु टिम सिटीलाई २-१ ले हराएको हो।

ब्रेन्टफर्डका लागि इभान टोनीले खेलको १६औं मिनेटमा अग्रता बनाएका थिए। तर पहिलो हाफको स्टपेज समयमा सिटीका फिल फोडेनले बराबरी गोल फर्काएका थिए। यता, टोनीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल फर्काएपछि सिटीले लिगमा दोस्रो हार बेहोरको हो।

खेल अवधिभर २९ प्रटक गोलका लागि प्रहार गरे पनि एकबाहेक सिटीका सबै प्रयास बेकार गएका थिए। यो जितपछि ब्रेन्टफर्ड भने १९ अंक बनाएर १० औं स्थामा उक्लिएको छ।

यता न्युकासलको मैदानमा चेल्सीले भने हार बेहोरेको छ। पहिलो हाफ गोलरहित बराबरी भएपछि दोस्रो हाफमा जोय विल्लकले गोल गरेपछि चेल्सीविरुद्ध न्युकासलले १-० को जित निकालेको हो।

यो जितसँगै तेस्रो स्थानको न्युकासलको ३० अंक छ। ऊ शीर्षस्थानको आर्सनलभन्दा सात अंकले पछि छ। दोस्रो स्थानको सिटीको ३२ अंक हुँदा २१ अंकका साथ चेल्सी आठौं स्थानमा छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत