शुक्रबार, चैत्र २७, २०८२

साका चम्किएपछि इरानको पोस्टमा इंग्ल्यान्डको गोलको वर्षा


कान्तिपथ


बुकायो साकाको दुई गोल सहयोगमा इंग्ल्यान्डले इरानमाथि सानदार जित निकालेको छ। जुडे बलिङ्घम, साका, मार्कस रासफर्डजस्ता युवा खेलाडीले डेब्यू गरेको विश्वकपको खेलमा इंग्ल्यान्डले इरानलाई ६–२ गोलले हराएको हो।

पहिलो हाफमै तीन गोलको अग्रता बनाएको इंग्ल्यान्डाले दोस्रो हाफमा पनि तीन गोल नै थपेको थियो। खेलको ३५औं मिनेटमा बेलिङघमले गोल गरेका थिए।

त्यस्तै ४३ औं मिनेटमा साकाले पहिला गोल गरे। सुरुआति ११ मा परेका २१ वर्षे खेलाडी साकाले दोस्रो गोल भने खेलको ६२ औं मिनेटमा गरेका थिए।

पहिलो हाफको इन्ज्युरी समयमा रहिम स्टार्लिङले पनि गोल गरेका थिए। दास्रो हाफमा मात्र मैदान छिरेका मार्कस रासफर्डले कप्तान ह्यारी केनको पासमा गोल गरेका थिए।

खेलको इन्ज्युरी समयमा स्टार्लिङले गोल गर्दा पनि केनले नै पास दिएका थिए। बेलिङ्घमलाई लुके शले पास उपलब्ध गराएका थिए भने सेन्ट्रल डिफेन्डर मग्वायरले साकालाई पास दिएका थिए। साकाको दोस्रो गोलमा भने स्टार्लिङले बल उपलब्ध गराएका थिए।

अन्तिम गोल चाहिँ ज्याक ग्रिलिसले गरे। उनले ८९ औं मिनेटमा गोल गर्दा इंग्ल्यान्डले छ गोल पुरा गरेको हो। पहिलो हाफमा गोल फर्काउन नसके पनि इरानले दोस्रो हाफमा गोल गर्यो। महेदी तारेमीले खेलको ६५ औं मिनेटमा पहिलो गोल पर्काएका थिए।

इन्ज्युरी समयमा फ्रि किकिको बल प्रहार गर्ने क्रममा इंग्ल्यान्डका खेलाडीले विपक्षीमाथि फउल गरेपछि इरानले पेनाल्टी पाएको थियो। त्यो पेनाल्टीमा तारेमीले दोस्रो गोल गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत