कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार समूह सीका दुई टोलीहरु अर्जेन्टिना र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदै छ। समूहमा बलियो मानिएको अर्जेन्टिना मंगलबारको खेलमा जित हात पार्दै यो विश्वकपमा सुखद् सुरुवात गर्ने दाउमा छ। लियोनेल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना पछिल्लो ३६ खेलमा अपराजित छ।
यद्यपि साउदी अरेबियालाई त्यति हल्कामा लिन नहुने स्कालोनीले बताएका छन्। उनले साउदी अरेबियासँगको खेल त्यति सजिलो नहुने बताएका छन्। उनले साउदी अरेबियामा प्राविधिक रुपमा बलियो र तीव्र गतिका खेलाडीसहितको टोली भएको बताएका छन्।
कतारको लुसेल इकोनिक स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ