शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • ८ वर्षदेखि स्पेनलाई हराउन नसकेको जर्मनीको विश्वकप यात्रा आजै टुंगिन सक्ने !

८ वर्षदेखि स्पेनलाई हराउन नसकेको जर्मनीको विश्वकप यात्रा आजै टुंगिन सक्ने !


कान्तिपथ


समूह ई का स्पेन र जर्मनी आज मध्यराति १२ः४५ बजे आमनेसामने हुँदैछन्। जुन खेल जित्नै पर्ने दबाबमा जर्मनी छ। यो खेल हारेको अवस्थामा जर्मनीको विश्वकप सपना समूह चरणमै टुंगिने लगभग निश्चित हुन्छ। समूहको पहिलो खेलमा स्पेनले कोस्टारिकालाई ७–० र जापानले जर्मनीलाई २–१ ले पराजित गरेका छन्।

आजको खेल हारे जर्मनी पुनः समूहचरणबाटै बिदा हुनेछ। २०१८ को विश्वकपमा पनि जर्मनी दक्षिण कोरियासँग पराजित हुँदा समूहचरणबाटै बिदा भएको थियो।

उता जर्मनीलाई पराजित गरेको जापान कोस्टारिकासँग भिड्ने छ। जापानले कोस्टारिकालाई र स्पेनले जर्मनीलाई हराएको अवस्थामा जापान र स्पेनले एकसाथ अघिल्लो चरण तय गर्दा जर्मनी र कोस्टारिकाको भने एक खेलअघिनै समूह चरणबाट बाहिरिने निश्चित हुनेछ।

पछिल्लो समय जर्मनीमाथि स्पेन हाबी छ। २०१० मा स्पेनले विश्वकप जित्दा जर्मनीलाई स्पेनले नै घर फर्काएको थियो। जर्मनीले २०१४ को मैत्रीपुर्ण खेलपछि स्पेनलाई हराउन सकेको छैन। जर्मनी आज जसरी पनि स्पेनलाई हराउनु पर्ने दबाबमा छ।

पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत