शुक्रबार, चैत्र २७, २०८२

कोरिया र ब्राजिल भिड्दै : कुन टोलि पुग्ला क्वार्टरफाईनल ?


कान्तिपथ


कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज हुने प्रि-क्वाटर फाइनल खेलमा दुई बलिया टोली दक्षिण कोरिया र ब्राजिल भिड्दैछन्। यी दुईबीचको खेल नेपाली समयअनुसार राती १२:४५ बजे ९७४ रंगशालामा सुरु हुनेछ। यो खेलको विजेताले क्रोएसिया र जापानबीचको विजेतासँग सेमिफाइनलका लागि यात्रा तय गर्ने छ।

समूह चरणमा कोरियाले एक हाल, एक जित र एक बराबरीका साथ समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको हो। कोरिया पहिलो खेलमा घानासँग ३-२ गोल अन्तरले पराजित भएको थियो। त्यसपछि खेलेको दोस्रो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेल्यो र अन्तिम खेलमा भने बलियो टोली पोर्चुगललाई २-१ गोलअन्तरले पराजित गरेर नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।

यी दुई टोली अहिलेसम्म सातपटक आमुन्नेसामुन्ने भइसकेका छन्। ती सात खेललाई हेर्दा ब्राजिल कोरिया विरुद्ध पूर्णरुपमा हाबी देखिन्छ। खेलेका सात खेल मध्ये ब्राजिलले छ खेल जित्दा कोरियाले मात्रै एक खेल जितेको छ।

ब्राजिलको सम्भावित ११
एलिसन बेकर, थियागो सिल्भा, मार्किन्हस, ड्यानीलो, एलेक्स सान्ड्रो, क्यासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, रिचार्लिसन, भिनीसियस जुनिअर, एन्टोनी।

दक्षिण कोरियाको सम्भावित ११
किम स्युङ–ग्यु, किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, लि काङ इन, सन ह्युङ मिन, ह्वाङ ही चान, ना साङ हो, ह्वाङ यी जो, चो ग्वी सुङ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत