कतारमा जारी विश्वकप फुटबलअन्तर्गत सोमबार राति पहिलो खेलमा जापान क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई बीचको खेल साँझ ८ः४५ बजे हुनेछ।
एसियाली टोली जापानले पहिलोपटक क्वार्टरफाइनलमा जाने लक्ष्य राखेको छ। स्पेन र जर्मनीजस्ता ठूला टोलीहरूलाई हराएर समूह ‘ई’को विजेता बन्दै नकआउट चरणमा पुगेको जापानको मनोबल उच्च छ। यसर्थ, उ जसरी भए पनि जितेर इतिहास रच्ने दाउमा छ।
जापान सन् २००२ मा आफ्नै घरमा भएको विश्वकपमा पहिलोपटक समूह विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। यस्तै, जापानले २०१० र २०१८ मा पनि उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको थियो।
यता, गत संस्करणको उपविजेता क्रोएसियालाई ठूला खेलको अनुभव छ। त्यही अनभुवका आधारमा उ आज जापानलाई हराउँदै क्वार्टरफाइनलमा पुग्न चाहन्छ। क्रोएसियासँग लुका मोड्रिच, इभान परेसिचजस्ता विश्वस्तरीय खेलाडीसमेत छन्। यसर्थ, आज उ जापानलाई हराउँदै लगातार दोस्रोपटक क्वार्टरफाइनलमा स्थान बनाउन चाहन्छ। यसका लागि उसले समूह चरणमा लिएको जापानको गति रोक्नुपर्ने छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ