शुक्रबार, चैत्र २७, २०८२

ब्राजिल र दक्षिण कोरियाबीचको खेलपछि ‘स्टेडियम ९७४’ भत्काइँदै


कान्तिपथ


ब्राजिल र दक्षिण कोरियाबीचको खेलपछि कतार विश्वकपका लागि बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला ‘स्टेडियम ९७४’ खेल पछि भत्काउन शुरू गरिएको छ । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको हो । यस स्टेडियममा कुल ७ खेल खेलाईएका थिए । कतारको दोहामा बनाइएको यस रंगशालाको कुल क्षमता ४० हजार रहेको थियो ।

यो स्टेडियम निर्माणमा ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरिएको सो स्टेडियम विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला हो । यो स्टेडियममा ९७४ वटा सिपिङ कन्टेनर प्रयोग र कतारको अन्तर्राष्ट्रिय डाइलिङ कोड पनि ९७४ रहेको कारण यस रंगशालाको नाम  ‘स्टेडियम ९७४’ राखिएको बताइएको छ । 

यस स्टेडियमा डिजाईनको कारणले गर्दा एयर कन्डिसनिङ नभएका कारण सबै ७ खेलहरू साँझ मात्र खेलाइएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत