स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
स्पेन र मोरक्कोबीचको खेलमा अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । यसरी १२० मिनेटको खेल सकिएपछि दुवै टोली गोल रहित बराबरीमा रहे ।
त्यसपछि खेलको विजेताको टुंगो लगाउन पेनाल्टी सुटआउट भयो । पेनाल्टीमा मोरक्कोका अशरफ हाकिम, हाकिम जियाच र अब्दुल हमीद साबरीले गोल गरे ।
तर विश्वविजेता स्पेनका कुनैपनि खेलाडीले गोल गर्न सकेनन् । यही कारण मोरक्को क्वाटरफाइनलमा प्रवेश गर्यो । विश्व विजेता स्पेन घर फर्कियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ